सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

समाचार

दशैं मनाएर काठमाडौं उपत्यका फर्कनेको भीड बढ्यो, ट्राफिक व्यवस्थापनमा कठिनाइ


  • 676
    SHARES
  • https://indrenipost.com/index.php/posts/4875
    कात्तिक १०, २०८० शुक्रबार
    दशैं मनाएर काठमाडौं उपत्यका फर्कनेको भीड बढ्यो, ट्राफिक व्यवस्थापनमा कठिनाइ

    काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौं भित्रिने नाकामा भीड देखिन थालेको छ । 

    उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ ।

    नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ । नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ । 

    दशैंको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात शून्य जस्तै बनेका थिए । 

    नाकामा सवारी साधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । 

    यसवर्ष दशैंको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । 

    उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड देखिएको हो । 

    उपत्यकाभित्र चल्ने सवारीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक सवारी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij