काठमाडौं । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।
उनका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।
अन्य केही भू–भागको मौसम आंशिक बदली रहेपनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस मापन भएको छ ।
दिउँसो २५ देखि २७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।