मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा सिरियामा इरानी फौजले प्रयोग गर्ने दुई साइटमा आक्रमण


  • 712
    SHARES
  • https://indrenipost.com/index.php/posts/4888
    कात्तिक १०, २०८० शुक्रबार
    अमेरिकाद्वारा सिरियामा इरानी फौजले प्रयोग गर्ने दुई साइटमा आक्रमण

    अमेरिकी सेनाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) र सम्बद्ध समूहले प्रयोग गर्ने दुई वटा साइटमा आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बताएका छन् ।

    “अक्टोबर १७ देखि शुरू भएको इरानी समर्थित मिलिसिया समूहद्वारा इराक र सिरियामा अमेरिकी कर्मचारीहरूविरुद्ध जारी तर करिब असफल आक्रमण शृङ्खलाको प्रतिक्रियास्वरूप गरिएको यो सटिक आत्मरक्षा आक्रमण हो,” रक्षामन्त्री अस्टिनले एक विज्ञप्तिमा भने ।

    आक्रमणका क्रममा एक अमेरिकी ठेकेदारको हृदयाघातबाट मृत्यु भएको र २१ अमेरिकी सैनिक सामान्य घाइते भएको तर सबै आफ्नो काममा फर्किएको उनले बताए ।

    अमेरिकी सैनिकहरूमाथि भएको हमलाविरुद्ध अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीलाई स्पष्टरूपमा दिएको चेतावनीपछि अमेरिकाले सिरियामा आक्रमण गरेको ह्वाइट हाउसले बिहीबार बताएको छ ।  

    विज्ञप्तिमा रक्षामन्त्री अस्टिनले सिरियामा आईआरसीजीले प्रयोग गर्ने साइटमाथि गरिएको आक्रमणलाई गाजामा इजराइल र हमास आतङ्कवादीबीच जारी सङ्घर्षबाट टाढा राख्न माग गरे ।

    “आत्मरक्षामा यो सङ्कुचितरूपमा तयार गरिएको आक्रमणको उद्देश्य सम्पूर्णरूपले इराक र सिरियामा अमेरिकी  कर्मचारीहरूको रक्षा गर्नु थियो,” उनले भने– “यो आक्रमण इजराइल र हमासबीच जारी सङ्घर्षबाट भिन्न र फरक छ, साथै इजराइल–हमास सङ्घर्षप्रति हाम्रो दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन ।”

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij