सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

आयात बढ्दा निर्यात घट्यो


  • 946
    SHARES
  • https://indrenipost.com/index.php/posts/4928
    कात्तिक १२, २०८० आइतबार
    आयात बढ्दा निर्यात घट्यो

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको छ ।

    गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ ।

    भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार तीन महिनाको अवधिमा नेपालको निर्यात भने दुई दशमलव २६ प्रतिशतले ओरालो लागेको छ । 

    विभागका अनुसार सो अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड ४८ लाख बराबरको माल वस्तु निर्यात भएको छ । 

    गत वर्षको तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो ।

    सो अवधिमा नेपालको वैदेशिक व्यापार चार खर्ब ४८ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको छ । 

    गत वर्षको यही अवधिमा चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

    विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा तीन  खर्ब ६६ अर्ब ८८ करोड बराबर रहेको छ । 

    गत वर्षको सोही अवधिमा तीन खर्ब ५९ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij