सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

रिपोर्ट 

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरमा


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/4965
    कात्तिक १४, २०८० मंगलबार
    संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरमा
    गण्डकी । नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस अन्नपूर्ण आधार शिविरमा पुगेका छन् । 
     
    उनी आज (मंगलबार) बिहान  नेपाली सेनाको होलिकोप्टरमार्फत त्यसतर्फ उक्त आधार शिविरमा पुगेका हुन् ।
     
    जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गर्न उनी त्यहाँ पुगेका छन् ।
    gutres (2).jpg
     
    पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने गन्तव्य हो अन्नपूर्ण आधार शिविर । हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालका परिधिमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रा मार्गमध्येमा पर्दछ । 
     
    अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरियालगायतका देशका नागरिक बढीमात्रामा आउने गरेका छन् ।
     
     
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij