सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

इजरायल-हमास द्वन्द्व : गाजामा ९ हजारभन्दा बढीको मृत्यु


  • 946
    SHARES
  • https://indrenipost.com/index.php/posts/5006
    कात्तिक १६, २०८० बिहीबार
    इजरायल-हमास द्वन्द्व : गाजामा ९ हजारभन्दा बढीको मृत्यु

    इजरायल र हमासबीच जारी द्वन्द्व शुरू भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको संख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको संख्या नौ हजार ६१ पुगेको र घाइतेको सङ्या ३२ हजार नाघेको जानकारी दिए ।

    XxjpbeE007273_20231102_PEPFN1A001.JPG

    इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको उनले बताए ।

    गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरुवातदेखि गाजा पट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा दुई हजार ५०० टन भन्दा बढी वा प्रति वर्ग किलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ ।

    251783-01-02.jpg

    अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासी आक्रमण गरी हजारौं रकेट प्रहार गरेको थियो र इजरायली भूमिमा घुसपैठ गरेको थियो, जसमा इजरायलमा कम्तिमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो । 

    यसको जवाफमा इजरायली सेनाले गाजा पट्टीविरुद्ध हवाई आक्रमण र स्थलगत कारबाही शुरू गरेको थियो भने प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij