सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

इरानमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी, २७ को मृत्यु


  • 748
    SHARES
  • https://indrenipost.com/index.php/posts/5022
    कात्तिक १७, २०८० शुक्रबार
    इरानमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी, २७ को मृत्यु
    उत्तरी इरानमा शुक्रबार एक लागुऔषध पुनःस्थापना केन्द्रमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु एको त्यहाँको न्यायपालिकाले जनाएको छ । 
     
    “लङ्गारुडमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगो लाग्दा २७ जनाको मृत्यु भएको छ र १२ जनालाई अस्पताल पुर्याइएको छ”, तेहरानबाट उत्तरमा गिलान प्रान्तको लङ्गारुड सहरको न्यायपालिकाको मिजान अनलाइन समाचार वेबाइटले प्रान्तीय मुख्यन्यायाधीश इस्माइल सादेघीलाई उद्धृत गर्दै भनेको छ । 
     
    आगलागीको कारण तत्काल थाहा नभए पनि सादेघीले अनुसन्धान जारी रहेको बताउनुभयो । केन्द्रमा ४० जनासम्म अटाउन सक्ने मिजानले बताएको छ । 
     
    स्थानीय आइएसएनए समाचार एजेन्सीले आगलागीको फुटेज सार्वजनिक गरेको छ जसमा रातिको समयमा आगोले आकाश उज्याले भएको र धुवाँको मुस्लो देखिन्छ । अन्य तस्बिरमा आगो निभाएपछि व्यापक क्षति भएका स्थलहरू देखाइएको छ । 
     
    अगस्टमा तेहरानको ग्र्यान्ड बजारमा आगलागी हुँदा कयाँै पसल जले पनि कुनै मानवीय क्षति भएको थिएन । त्यस्तै सन् २०१७ जनवरीमा तेहरानमा १५ तलाको प्लास्को सपिङ सेन्टरमा आगलागी हुँदा १६ अग्निशमनकर्तासहित कम्तीमा २२ जनाको मृत्यु भएको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij