काठमाडौं । हिउँदे याम शुरू भएसँगै काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । चिसोबाट बच्न वा सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
उक्त विभागका अनुसार आज (सोमबार) बिहान काठमाडौंको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ । तुलनात्मक रुपमा हिजोभन्दा आजको तापक्रम केही बढे पनि अब क्रमशः घट्दै जाने छ ।
नेपालमा अहिले पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जसका कारण केही भू–भागमा वर्षा र हिमपात भइरहेको छ ।
पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।