सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

भूकम्प वितण्डा

जाजरकोटका २१३ विद्यालय भवन भग्नावशेष, ३ जना शिक्षक र ३१ विद्यार्थीको मृत्यु


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/5063
    कात्तिक २०, २०८० सोमबार
    जाजरकोटका २१३ विद्यालय भवन भग्नावशेष, ३ जना शिक्षक र ३१ विद्यार्थीको मृत्यु

    जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाइ गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति पुगेको छ । 

    अहिलेसम्मको प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पूर्णरुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।

    यस्तै ३६६ वटा कक्षाकोठा पुर्ण रुपमा ध्वस्त भएका छन् भने ४७६ वटा कक्षा कोठाहरुमा आंशिक रुपमा क्षति भएको छ । 

    यस्तै विद्यालयका ४३ वटा शौचालय, ११ वटा आईसिटी, १ पुस्तकलाय, ७ वटा ठाउँमा विद्यालयका घेरबार र ४ वटा सोलार सिस्टम पूर्णरुपमा ध्वस्त भएका छन् । 

    यस्तै ३५ वटा शौचालयमा आंशिक क्षति पुगेको प्रहरीको तथ्यांक छ । प्राप्त विवरण अनुसार भूकम्पमा परी ३ जना शिक्षक, ३१ जना विद्यार्थीको मृत्यू भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij