सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

प्रदूषण बढेपछि भारतको राजधानी नयाँदिल्लीमा सवारी साधन सञ्चालनमा रोक


  • 802
    SHARES
  • https://indrenipost.com/index.php/posts/5072
    कात्तिक २०, २०८० सोमबार
    प्रदूषण बढेपछि भारतको राजधानी नयाँदिल्लीमा सवारी साधन सञ्चालनमा रोक

    विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् । 

    तीन करोड जनसङ्ख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको सुरुमा विषाक्त धुवाँले ढाक्दछ । 

    छिमेकी कृषि प्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धुवाँले ढाकेको हो । 

    नयाँदिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ । 

    यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौँरहजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ ।

    अहिलेसम्म सरकारको नेतृत्वमा गरिएका प्रयासले वायु गुणस्तरको समस्यालाई सम्बोधन गर्न सकेको छैन । 

    सन् २०१७ को एक अमेरिकी अध्ययनअनुसार भारतमा प्रत्येक वर्ष १० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

    दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले सडक–रासन योजना दीपावलीको एक दिनपछि आगामी सोमबार एक साताका लागि ल्याइने जानकारी दिए । 

    योजनाअन्तर्गत जोर र बिजोर नम्बर प्लेट भएका कारहरूलाई एक साताका लागि वैकल्पिक दिनमा यात्रा गर्न अनुमति दिइने छ । 

    मन्त्री रायले भने– ‘दीपावलीपछि प्रदूषण अझ बढ्न सक्ने भएकाले यस्तो निर्णय लिइएको हो ।’ उनका अनुसार नोभेम्बर २० पछिको स्थितिको समीक्षा गरिने छ । 

    आइक्युएयरका अनुसार सोमबार सबैभन्दा खतरनाक पिएम २.५ कणहरूको स्तर एक सय ८४ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको छ । 
    विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेकोभन्दा यो करिब १२ गुणा धेरै हो । पिएम२।५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो ।
    दिल्लीमा प्रदूषण बढेको भए पनि बङ्गलादेश र श्रीलङ्का दिउँसो विश्वकप प्रतियोगिताका लागि मैदानमा उत्रिएका छन् । 

    राजधानीमा सवारी आवागमनमा रोक लगाइएको यो पहिलो पटक होइन । यसअघि सन् २०१६, २०१७ र २०१९ मा यस्तो रोक लगाइएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij