सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

रुसलाई हतियार दिएको भन्दै अमेरिका र दक्षिण कोरियाद्वारा उत्तर कोरियाको आलोचना


  • 766
    SHARES
  • https://indrenipost.com/index.php/posts/5089
    कात्तिक २३, २०८० बिहीबार
    रुसलाई हतियार दिएको भन्दै अमेरिका र दक्षिण कोरियाद्वारा उत्तर कोरियाको आलोचना

    आफ्नो प्रमुख सहयोगी दक्षिण कोरियाका शीर्ष अधिकारीहरूसँगको बैठकपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले बिहीबार युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्न रुसमा हतियार पठाएकामा उत्तर कोरियाको आलोचना गरेका छन् । 

    अमेरिका, दक्षिण कोरिया र जापानले हालैका सातामा युक्रेनमा रुसको सैन्य अभियानलाई अगाडि बढाउन सहयोग गरेकामा प्योङयाङको आलोचना गर्दै आएका छन् । उत्तर कोरियाले रुसमा १० लाख तोप पठाएको सोलले बताएको छ । 

    जापानमा जी–७ का विदेशमन्त्रीहरूको बैठकपछि ब्लिङ्केन अहिले सोलमा छन् । उनले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलसँग सोलमा भेटवार्ता गरेका छन् । 

    उनीहरूले युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि उत्तर कोरियाले रुसलाई सैन्य उपकरण र युद्ध सामग्री उपलब्ध गराएकामा कडा निन्दा गरेका छन् । राष्ट्रपति युनसँग विदेशमन्त्री ब्लिङ्केनको भेटपछि अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ,’ ‘गाजामा सर्वसाधारणलाई मानवीय सहयोग प्रदान गर्ने दक्षिण कोरियाको प्रतिबद्धताका लागि ब्लिङ्केनले राष्ट्रपति युनलाई धन्यवाद दिएका छन् ।’

    इजराइल–हमास युद्धमाथि कुराकानी गर्न मध्यपूर्वको शीघ्र भ्रमणपछि ब्लिङ्केनले एसियाली मुलुकको भ्रमण गरेका हुन् । यसअघि बिहीबार ब्लिङ्केनले दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चो ताए–योङसँग भेटवार्ता गरेका थिए । अमेरिकी विदेश मन्त्रालयका अनुसार युक्रेनलाई सहयोग उपलब्ध गराउने दक्षिण कोरियाको प्रतिबद्धताप्रति उनले धन्यवाद व्यक्त गरे । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij