पूर्वी–भूमध्य सागरमा अमेरिकी सेनाको सैन्य विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
नियमित अभ्यासमा रहेको सैन्य दुर्घटनामा चालक दलका सबै ५ जनाको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ । उडानमै इन्धन भर्ने क्रममा लडाकु जहाज दुर्घटनामा परेको हो ।
सेनाले दुर्घटनास्थलको विस्तृत विवरण सार्वजनिक नगरेको बीबीसीले उल्लेख गरेको छ । गत महिना अमेरिकाले दुईवटा विमान बाहक युद्धपोत तथा लडाकु जेट भूमध्य सागरमा परिचालन गरेको थियो ।
इजरायल र गाजाबीच संघर्ष जारी रहँदा अमेरिकाले आफ्नो ठूलो सैन्य शक्ति भूमध्ये सागरमा परिचालन गरेको अनुमान गरिएको छ ।
विशेषगरी अमेरिका गाजा संघर्षमा लेबनानको हिजबुल्लाह समूहलाई रोक्न सचेत देखिएको छ । यो समूहलाई इरानको समर्थन छ ।