सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

गाजामा मानवीय संकट रोक्न विश्वले ‘तुरुन्त कदम चाल्नुपर्छ’ : चिनियाँ विदेशमन्त्री


  • 541
    SHARES
  • https://indrenipost.com/index.php/posts/5167
    मंसिर ४, २०८० सोमबार
    गाजामा मानवीय संकट रोक्न विश्वले ‘तुरुन्त कदम चाल्नुपर्छ’ : चिनियाँ विदेशमन्त्री

    काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । 

    ‘गाजाको स्थितिलाई चाँडै शान्त पार्न र मध्यपूर्वमा चाँडोभन्दा चाँडो शान्ति पुनःस्थापना गर्न मिलेर काम गरौँ,’ बेइजिङमा प्यालेस्टिनी प्राधिकरण, इन्डोनेसिया, इजिप्ट, साउदी अरब र जोर्डनका विदेशमन्त्रीहरूलाई उनले भने, ‘गाजामा मानवीय विपत्ति देखापरेको छ, त्यहाँको अवस्थाले विश्वका सबै मुलुकलाई असर गर्छ, यसले मानवीय भावनाको सही र गलत तथा मानवताको तल्लो अवस्थामाथि प्रश्न उठाउँछ, विश्व समुदायले यो त्रासदीलाई बढ्नबाट रोक्न प्रभावकारी उपायमार्फत तत्काल कदम चल्नुपर्छ ।”

    हमासले अक्टोबर ७ मा हमला गरेपछि इजराइलले गाजाको शासक हमासलाई नष्ट गर्ने वाचा गरेको छ । इजराइलमाथि हमासले गरेको अहिलेसम्मको सबैभन्दा भयानक उक्त हमलामा एक हजार दुई सय सर्वसाधारण मारिएका थिए । त्यस्तै हमासले दुई सय ४० जनालाई बन्धक बनाएको छ । 

    इजराइलको लगातारको हवाई हमला र स्थल कारवाहीमा कम्तीमा १३ हजार मारिएको गाजास्थित हमास सरकारले बताएको छ । दुवै पक्षका मारिनेमा अधिकांश सर्वसाधारण छन् । 

    चीनले आइतबार राति विदेशमन्त्रीहरूको प्रतिनिधिमण्डलको घोषणा गरेको थियो जसमा इस्लामिक सहयोग संगठनका महासचिव पनि संलग्न छन् । 

    बेइजिङले हालको प्यालेस्टिनी–इजराइल संघर्षको न्यूनीकरणलाई प्रवद्र्धन गर्ने, सर्वसाधारणको सुरक्षा गर्ने र प्यालेस्टिनी मुद्दाको न्यायोचित समाधान गर्ने वार्ताको लक्ष्य रहेको बताए । 

    ‘अरब र मुस्लिम मुलुकहरूको चीन असल मित्र र भाइ हो,’ विदेशमन्त्री वाङले भने, ‘हामीले सधैँ अरब र मुस्लिम मुलुकहरूको वैध अधिकार र हितको दृढताका साथ रक्षा गरेका छौँ, साथै प्यालेस्टिनी जनताको वैध राष्ट्रिय अधिकार र हित पुनःस्थापित गर्ने प्रयासलाई सधैँ दृढताका साथ समर्थन गरेका छौँ ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij