सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

गाजास्थित संयुक्त राष्ट्रसंघीय विद्यालयमा इजरायली आक्रमणमा १२ प्यालेस्टाइनीको मृत्यु


  • 532
    SHARES
  • https://indrenipost.com/index.php/posts/5186
    मंसिर ५, २०८० मंगलबार
    गाजास्थित संयुक्त राष्ट्रसंघीय विद्यालयमा इजरायली आक्रमणमा १२ प्यालेस्टाइनीको मृत्यु

    मध्य गाजाको अल-बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि युएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

    सो आक्रमणमा दर्जनौं घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ ।

    इजरायली तोपखानाले हजारौं विस्थापित मानिसहरू बस्ने विद्यालयमा आक्रमण गरेर महिला र बालबालिका सहित १२ प्यालेस्टिनीहरूलाई मारेको मन्त्रालयले जनाएको छ । विद्यालयमा संयुक्त राष्ट्रसंघको फहराइएको भए पनि इजरायली सेनाले गाजाका विभिन्न यस्ता विद्यालयमा आक्रमण गरेको सञ्चार माध्यमले जनाएका छन् ।

    हालको हमास-इजरायल द्वन्द्व शुरु भएदेखि ७० भन्दा बढी यस किसिमका संस्थाहरू र विद्यालयहरू इजरायली आक्रमणमा परेका छन् । एजेन्सीका १०४ कर्मचारीको मृत्यु भएको छ यो सङ्ख्या इतिहासमै सबैभन्दा ठूलो संख्या हो ।

    द्वन्द्वले विस्थापित १७ लाख व्यक्तिहरू मध्ये राष्ट्रसंघद्वारा सञ्चालित आश्रयहरूमा विस्थापित व्यक्तिहरूको संख्या ९ लाख पुगेको छ भने, लाखौं सडकमा आश्रयविहीन छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij