सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

जाजरकोट-रुकुम पश्‍चिममा कांग्रेसले एक हजार अस्थायी आवास बनाइदिने


  • 550
    SHARES
  • https://indrenipost.com/index.php/posts/5192
    मंसिर ५, २०८० मंगलबार
    जाजरकोट-रुकुम पश्‍चिममा कांग्रेसले एक हजार अस्थायी आवास बनाइदिने

    काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्‍चिमका भूकम्प प्रभावितका लागि पहिलो चरणमा एक हजार अस्थायी आवास बनाउने निर्णय गरेको छ ।

    महामन्त्री गगन थापाको सभापतित्वमा मंगलबार बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र भ्रातृ संघ एवं शुभेच्छुक संस्थाका अध्यक्षको बैठकले श्रमदान गरी अस्थायी आवास बनाउने निर्णय गरेको हो ।

    बैठकले एक निर्माण विज्ञ, दुई जना मिस्त्री र सात जना स्वयंसेवक रहने गरी १३ वटा समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय गरेको छ । १० सदस्यीय समूहले एक सातासम्म काम गर्नेछ ।

    त्यसपछि अर्को समूह पठाउने पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । अस्थायी आवास निर्माण सम्बन्धमा कांग्रेसले कार्यविधि बनाएको छ ।

    श्रमदानमा खटिने जनशक्तिसहित सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी शिविर संचालन गर्न चिकित्सक परिचालन गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

    यसअघि अस्थायी आवास निर्माणका लागि एमालेले स्वयंसेवक परिचालन गरेको थियो ।

    एमालेले १ हजार स्वयंसेवक परिचालन गरेको बताएको छ । तर उसले कतिवटा अस्थायी आवास बनाइदिने भन्ने स्पष्ट पारेको छैन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij