इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार गाजा पट्टीमा हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने सम्झौता चाँडै टुङ्गोमा पुग्ने आशा व्यक्त गरेका छन् ।
उनले यस विषयमा भएको घटनाक्रमको विकास बारे छलफल गर्न मन्त्रिपरिषद्को विशेष बैठक आह्वान गरेका छन् ।
हामी यस विषयमा प्रगति गर्दैछौं, नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको रिहाइ र लामो अस्थायी युद्धविरामको बदलामा केही बन्धकहरूलाई मुक्त गर्न सम्झौतामा हस्ताक्षर गर्न कतारको मध्यस्थता प्रयासबारे भने- मलाई आशा छ छिट्टै शुभ समाचार आउनेछ ।
इजरायल-लेबनान सीमा नजिकको भ्रमणका क्रममा उहावको सो प्रतिक्रिया सार्वजनिक भएको हो ।
इजरायलको मन्त्रिपरिषद्को युद्ध विरामम बारेको बैठकपछि सुरक्षा बैठक बस्ने र सरकारले नयाँ निर्णय लिने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै यी विशेष बैठकहरू हाम्रा बन्धकहरूको रिहाइ सम्बन्धी घटनाक्रमको छलफलका बारेमा बोलाइएको उल्लेख गरेको छ ।
यस सम्झौतालाई सुरक्षा क्याबिनेट र सरकार दुवैमा छलफलमा ल्याई निर्णय गर्नुपर्ने प्रावधान छ ।