सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

भोलि सार्वजनिक बिदा


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/5217
    मंसिर ६, २०८० बुधबार

    झापा । हरिबोधिनी एकादशी (तुलसी विवाह)का अवसरमा झापाका तीन पालिकाले भोलि स्थानीय बिदा दिएका छन् ।

    कचनकवल गाउँपालिकाले भने पर्सी शुक्रबार बिदा दिएको हो ।  

    आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वका अवसरमा भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले हरिबोधिनी एकादशीकै दिन स्थानीय बिदा दिएका हुन् ।

    कचनकवलले एकादशी सकिएको भोलिपल्ट बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ ।

    स्थानीय बिदाका दिन पालिका र पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij