सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

हिरासतमा रहेका दक्षिण कोरियाली खेलाडीलाई क्रिसमसअघि रिहा गर्न क्लिन्सम्यानको चीनसँग आग्रह


  • 550
    SHARES
  • https://indrenipost.com/index.php/posts/5234
    मंसिर ७, २०८० बिहीबार
    हिरासतमा रहेका दक्षिण कोरियाली खेलाडीलाई क्रिसमसअघि रिहा गर्न क्लिन्सम्यानको चीनसँग आग्रह

    दक्षिण कोरियाका फुटबल प्रशिक्षक जर्गेन क्लिन्सम्यानले विश्वकप फुटबल प्रतियोगिताका मिडफिल्डर सन जुन–होलाई क्रिसमसको समयमा रिहा गर्न चीन सरकारसँग आग्रह गरेका छन् ।

    बेइजिङको विदेश मन्त्रालयले कुनै विवरण उल्लेख नगरी ३१ वर्षीय सनलाई ‘गैरराज्य कर्मचारीहरूबाट घुस लिएको आशङ्कामा’ हिरासतमा लिइएको गत मे महिनामा बताएको थियो ।

    दक्षिण कोरियाली मिडियाले सनलाई उत्तरपूर्वी प्रान्त लियोओनिङमा राखिएको तर त्यसपछि उनको अवस्थाबारे कुनै समाचार नआएको बताएको छ ।

    सन् २०२१ देखि चिनियाँ सुपर लिग क्लब सेन्डोङ ताइसानसँग आबद्ध सनले सन् २०२२ मा कतारमा भएको विश्वकप प्रतियोगितामा आफ्नो मुलुकबाट चार खेलमध्ये तीन खेलमा सहभागिता जनाएका थिए ।

    अब हामीसँग क्रिसमसका लागि एउटै इच्छा छ सन जुन–होलाई रिहा गराउनु किनकीसनले गलत गरेको भनेर आजसम्म उनीहरूले केही पनि प्रमाणित गरेका छैनन्, चीनमा मङ्गलबार भएको विश्वकप छनोट प्रतियोगितामा ३–० ले विजयी भएर दक्षिण कोरियामा ओर्लिएपछि जर्मनीका पूर्वखेलाडी क्लिन्सम्यानले पत्रकारहरूसँग भने । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij