सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

गाजामा युद्धविराम, बन्धकको रिहाइ आजबाट हुँदै


  • 478
    SHARES
  • https://indrenipost.com/index.php/posts/5252
    मंसिर ८, २०८० शुक्रबार
    गाजामा युद्धविराम, बन्धकको रिहाइ आजबाट हुँदै

    दोहा । गाजा युद्धविराम र बन्धक रिहाई आज (शुक्रबार) बिहान सुरु हुने कतारको विदेश मन्त्रालयका प्रवक्ताले बताउँनु भएको छ ।

    युद्धविराम शुक्रबार बिहान ७:०० बजेदेखि सुरु हुनेछ । र, नागरिक बन्धकहरूको पहिलो समूहलाई सोही दिन लगभग ४:०० बजेसम्म सुम्पिइनेछ, प्रवक्ता माजेद अल-अन्सारीले उल्लेख गरेका छन् ।

    शुरुमा १३ जनालाई रिहा गरिने छ, ती सबै महिला र बालबालिका एउटै परिवारका हुन् ।

    प्रवक्ताका अनुसार प्रत्येक दिनमा चार दिन भित्र सहमति भएका जम्मा ५० जनालाई रिहाइ गरिने छ ।

    गत अक्टोबर ७ देखि युद्धमा रहेका इजरायल र हमासले बुधबार चार दिने युद्धविरामको क्रममा कम्तिमा ५० बन्धक र सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सम्झौताको घोषणा गरेका थिए ।

    कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा सहजीकरण गरिएको यो सम्झौता विस्तार र फराकिलो हुन सक्ने बताइएको छ ।

    यो सम्झौता गाजामा रहेका २४ लाख जनतालाई सहायता प्रदान गर्ने उद्देश्यले पनि प्रेरित छ ।

    इजरायली अधिकारीहरूले लगभग १ हजार २०० व्यक्तिहरू मारिएको र लगभग २४० जनालाई बन्धक बनाएको बताएका छन् ।

    गाजा पट्टीमा हमास सरकारका अनुसार त्यसबेलादेखि निरन्तर इजरायली बमबारी र भूमि आक्रमणले १४ हजारभन्दा बढी मानिसहरूको ज्यान लिइसकेको छ जसमा अधिकांश महिला र बालबालिका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij