सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

इजरायल-हमास युद्ध

राष्ट्रसंघीय विद्यालयमा इजरायली आक्रमण, ३० जनाको मृत्यु, ९३ घाइते


  • 478
    SHARES
  • https://indrenipost.com/index.php/posts/5254
    मंसिर ८, २०८० शुक्रबार
    राष्ट्रसंघीय विद्यालयमा इजरायली आक्रमण, ३० जनाको मृत्यु, ९३ घाइते

    इजरायल र हमासबीच युद्ध सुरु भएको ४९ दिन भएको छ ।

    यस अवधिमा इजरायलले गाजा पट्टीमा लगातार तीव्र हवाई हमला गरिरहेको छ, जसका कारण गाजा पट्टीमा मारिएका प्यालेस्टाइनीको संख्या १४, ५३२ पुगेको छ । 

    यसैबीच, एक प्यालेस्टाइनी डाक्टरले बिहीबार भनेका छन् कि इजरायलले गाजामा संयुक्त राष्ट्रको राहत र कार्य एजेन्सीद्वारा सञ्चालित अबु हुसेन स्कूलमा आक्रमण गरेको दाबी गरेका हुन् ।

    उनका अनुसार यस आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ  भने ९३ जना घाइते भएका थिए । गाजा पट्टीका एक डाक्टरले आफ्नो नाम न छाप्ने सर्तमा उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरलाई इजरायली सेनाले निशाना बनाएको बताए ।

    यो गाजा पट्टीको सबैभन्दा ठूलो शरणार्थी शिविरहरूमध्ये एक हो । यो भित्र अबु हुसैन स्कूल थियो, जहाँ इजरायली सेनाले आक्रमण गरेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij