सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

इजरायल-हमास युद्ध : बन्धक बनाइएका केहीलाई रेडक्रसको जिम्मा


  • 406
    SHARES
  • https://indrenipost.com/index.php/posts/5266
    मंसिर ९, २०८० शनिबार
    इजरायल-हमास युद्ध : बन्धक बनाइएका केहीलाई रेडक्रसको जिम्मा

    इजरायलमा गत अक्टोबर ७ को आक्रमणमा पक्राउ परेका केही बन्धकहरूलाई इजिप्ट हुँदै इजरायल फर्कनका लागि रेडक्रसलाई सुम्पिएको छ ।

    आधा घण्टा अघि, केही बन्दीहरूलाई रेड क्रसलाई सुम्पिएको छ, स्रोतले उल्लेख गरेको छ हमासको सैन्य शाखाको एक स्रोतले सो हस्तान्तरणको पुष्टि गर्‍दै भनेको छ- यो सम्झौता अन्तर्गत पहिलो समूह हो ।

    गाजा पट्टीमा इजरायली र हमासबीचको युद्धविराम बिहानदेखि लागू भएपछि शुक्रबार १३ जना महिला र बालबालिका बन्धकहरूको पहिलो चरण इजरायल फर्किने अपेक्षा गरिएको थियो ।

    इजरायलले इजरायली जेलबाट त्यसको तीन गुणा बढी प्यालेस्टिनी कैदीहरू - महिला र किशोर किशोरीहरूलाई रिहा गर्ने तयारी गरेको छ ।

    हमासले गत अक्टोबर ७ मा इजरायलसँगको गाजाको सैन्य सीमाना तोडेको इजरायली अधिकारीहरूका अनुसार करिब १ हजार २०० व्यक्तिको हत्या गरी र करिब २ सय ४० इजरायली र विदेशी बन्धकहरूलाई कब्जामा लिएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij