सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

इजरायल-प्यालेस्टाइन युद्ध विराम, ६ जनाको निर्मम हत्या


  • 388
    SHARES
  • https://indrenipost.com/index.php/posts/5268
    मंसिर १०, २०८० आइतबार
    इजरायल-प्यालेस्टाइन युद्ध विराम, ६ जनाको निर्मम हत्या

    युद्ध विरामकै अवस्थामा इजरायली सेनाले वेस्ट बैंकमा ६ जनाको हत्या गरेको छ ।  

    इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा ६ जना प्यालेस्टिनीको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

    शनिबार जेनिन सहरमा घुसपैठ गर्ने क्रममा इजरायली फायरबाट चार प्यालेस्टिनीको मृत्यु भएको मन्त्रालयले जनाएको हो ।

    शनिबार बिहान जेनिन नजिकै कबाटियामा रहेको उनको घरबाहिर २५ वर्षीय डाक्टरको पनि हत्या भएको थियो भने रामल्लाह नजिकैको अल बिरेहमा अर्का प्यालेस्टाइनीको हत्या भएको मन्त्रालयले जनाएको छ ।  

    हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको हमलापछि वेस्ट बैंकले इजरायली आक्रमणमा वृद्धि भएको भोग्दै आएको छ ।  

    हमासले गरेको आक्रमणपछि उक्त क्षेत्रमा ५२ बालबालिकासहित कम्तीमा २२९ प्यालेस्टाइनी मारिएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij