सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

रूसद्वारा कीएभलगायत स्थानमा ड्रोन आक्रमण


  • 424
    SHARES
  • https://indrenipost.com/index.php/posts/5271
    मंसिर १०, २०८० आइतबार
    रूसद्वारा कीएभलगायत स्थानमा ड्रोन आक्रमण

    युक्रेनले शनिबार ७५ वटा रूसी ड्रोन युक्रेनी क्षेत्रमा पठाएको र तीमध्ये अधिकांश राजधानी कीएभको आकाशसम्म पुगेको यसक्रेनी सेनाले जनाएको छ ।

    युक्रेनी सेनाले ७४ ड्रोनलाई आफ्नो प्रतिरक्षा प्रणालीले खसालिदिएको दावी गरेको छ । युक्रेनी सेनाले रूसले इरानी निर्मित शाहेद ड्रोनको ‘उच्च सङ्ख्या’ मा प्रक्षेपण गरेको थियो ।

    तीमध्ये अधिकांश राजधानी कीएभमा खसालेको आक्रमणबाट विद्युत गृहहरूमा क्षति पुगेको बताइएको छ ।

    विद्युत गृहमा भएका आक्रमणका कारण तापक्रम माइनसभन्दा तल झरेपछि शहरको मध्य भागमा विद्युत् कटौती भएको जनाएको छ ।

    तत्कालिन सोभियत सङ्घका नेता जोसेफ स्टालिनको शासनकाल सन् १९३० को दशकमा युक्रेनमा लाखौं मानिस भोकमरीमा परेको दिनको सम्झनामा युक्रेनले होलोदोमोर स्मरण दिवस मनाइरहेको बेला ड्रोन आक्रमण भएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij