काठमाडौं । हमासले आइतबार प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्दीहरूको तेस्रो समूहलाई रिहा गर्ने तयारी गरेको छ ।
शनिबार हमासले १३ इजरायली र चार थाई बन्धकहरूलाई रिहा गरेको थियो ।
इजरायलले त्यसको बदलामा ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताएको छ ।
प्रधानमन्त्री नेतन्याहुको कार्यालयले आइतवार हमासले रिहा गर्ने बन्दीहरूको सूची प्राप्त गरेको बताएको छ ।
सुरक्षा अधिकारीहरूले सूची जाँच गरिरहेको र परिवारलाई सूचित गरिएको थियो ।