सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

कोप-२८ जलवायु शिखर सम्मेलनमा बाइडेन सहभागी नहुने


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/5297
    मंसिर ११, २०८० सोमबार
    कोप-२८ जलवायु शिखर सम्मेलनमा बाइडेन सहभागी नहुने

    अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुमाउने एक अमेरिकी अधिकारीले आइतबार बताएका छन् ।

    बिहीबार सुरु हुन लागेको कोप२८ मा राष्ट्रिय नेताहरू र पोप फ्रान्सिससहित करिब ७० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको छ ।

    यो अहिलेसम्मको सबैभन्दा ठूलो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन हुनसक्छ । राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसका लागि ह्वाइट हाउसले जारी गरेको तालिकामा यो साता उहाँहरू दुबई जाने उल्लेख छैन ।

    बाइडेनको व्यस्ततामा वायु ऊर्जामा अमेरिकी लगानी उजागर गर्नका लागि कोलोराडोको भ्रमण, अङ्गोलाका राष्ट्रपतिसँग बैठक र राष्ट्रिय क्रिसमस ट्रिको प्रकाश सामेल छन् ।

    बाइडेनले यो साता कोप२८ मा वा डिसेम्बर १२ को वार्ताको अन्त्यको दोस्रो सत्रमा भाग लिने योजना नबनाएको एक अमेरिकी अधिकारीले पुष्टि गरेका छन् ।

    दुबईमा एउटा उच्चस्तरको अधिकारीलाई पठाउने वा नपठाउने भन्नेबारेमा बाइडेन प्रशासनले छलफल गरिरहेको नाम नछाप्ने शर्तमा ती अधिकारीले बताए ।

    पूर्वविदेशमन्त्री, सिनेटर तथा अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्नेछन् ।

    बाइडेनले कोप२८ मा भाग नलिने निर्णयको कारणबारे ती अधिकारीले केही बताएनन् ।

    यद्यपि बाइडेनले एक महिनाभन्दा लामो समयदेखि इजराइल र हमासबीचको युद्धमाथि ध्यान केन्द्रित गरिरहेको छ र अमेरिकी राष्ट्रपति निर्वाचनका लागि एक वर्षभन्दा पनि कम समयमा घरेलु एजेन्डालाई उजागर गर्न खोजिरहेका छन् । -रासस 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij