शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ


  • 523
    SHARES
  • https://indrenipost.com/index.php/posts/5304
    मंसिर ११, २०८० सोमबार
    पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने रोल्पा गंगादेव गाउँपालिका-३ घर भएका ३९ वर्षीय निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको छ ।            

    डाँगीले १ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।   

    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएकाे छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij