सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

इजरायल-प्यालेस्टाइन युद्ध : हमासले बन्धक बनाएका थप ११ जना बन्दी रिहा


  • 361
    SHARES
  • https://indrenipost.com/index.php/posts/5309
    मंसिर १२, २०८० मंगलबार
    इजरायल-प्यालेस्टाइन युद्ध : हमासले बन्धक बनाएका थप ११ जना बन्दी रिहा

    हमासले बन्धक बनाएका थप ११ जनाको रिहाइ गरेको छ ।  

    इजरायली सेनाका अनुसार हमासको अक्टोबर ७ मा भएको आक्रमणपछि बन्धक बनाएका ११ जनालाई रिहा गरेको छ ।  

    ‘रेडक्रसबाट प्राप्त जानकारीको आधारमा ११ जना बन्धकहरू हाल इजरायली क्षेत्रतर्फ जाँदैछन्,’ सेनाले एक विज्ञप्तिमा भन्यो ।

    उता, कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले ट्वीटरमा भनेका छन कि इजरायली जेलबाट ३३ प्यालेस्टाइनीहरूलाई रिहा गरिने छ ।   

    इजरायल र हमासले शुक्रबारदेखि गाजामा चार दिनका लागि लडाइँ रोक्न सहमत भए पछि यस अवधिमा इजरायलले राखेका १५० प्यालेस्टिनी बन्दीहरूको बदलामा कुल ५० जना बन्धकहरूलाई रिहा गरिएको छ ।   

    गाजाबाट केही विदेशी कैदीहरूलाई छुट्टै रिहा गरिएको छ ।  

    यसअघि युद्धविरामको दुई दिनको विस्तारमा सहमति भए अनुसार गाजा पट्टीले इजरायली कैदीहरूको संख्याको तीन गुणाको सट्टामा प्रति दिन कम्तिमा १० जना बन्धकहरूलाई रिहा गर्नु पर्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij