शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ


  • 631
    SHARES
  • https://indrenipost.com/index.php/posts/5627
    पुष ५, २०८० बिहीबार
    जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

    काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१२ कपनस्थित पसि लमु तामाङको मोलम रेष्टुरेन्टमा जुवातास  खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० कपन आकाशेधारा बस्ने लाक्पा सोनाम शेर्पा समेत ५ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार २ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।   

    यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट बिदुर नगरपालिका-१३ घर भएका ४० वर्षीय शुशिल श्रेष्ठको हाम्रो खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ५० रूपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो । 

    दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij