शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

नवलपरासी पूर्व

नवलपुरमा सासू-बुहारी मृत फेला


  • 766
    SHARES
  • https://indrenipost.com/index.php/posts/5703
    पुष ९, २०८० सोमबार
    नवलपुरमा सासू-बुहारी मृत फेला

    काठमाडौं । नवलपसीको एक जंगलमा सासू–बुहारी मृत फेला परेका छन् ।

    विनयीत्रिवेणी गाउँपालिका–१ खहरे जंगलमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

    उक्त कार्यालयका अनुसार २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल मृत फेला हुन् ।

    उनीहरू हिजो (आइतबार) दिउँसो घाँस काट्न जंगलमा गएका थिए ।

    अबेरसम्म सासू–बुहारी नै घर नफर्केपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले खोजी गर्दै जाँदा खहरे जंगलमा उनीहरूको मृत शव फेला परेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij