शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

नापी कार्यालयका अमिन घुससहित पक्राउ


  • 838
    SHARES
  • https://indrenipost.com/index.php/posts/5762
    पुष ११, २०८० बुधबार
    नापी कार्यालयका अमिन घुससहित पक्राउ

    काठमाडौं । नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

    त्‍यसपछि खटिएको टोलीले उनलाई बुधबार रकमसहित कार्यकक्ष नजिकबाट पक्राउ गरेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij