शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

अपराध

९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई २५ वर्ष कैद सजाय


  • 829
    SHARES
  • https://indrenipost.com/index.php/posts/5852
    पुष १७, २०८० मंगलबार
    ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई २५ वर्ष कैद सजाय

    काठमाडौं । ९ वर्षीया बालिकालाई बलात्कार गर्ने एक वृद्धलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

    सोमबार न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई २५ वर्ष कैद, सात लाख रुपैयाँ जरिबाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाएको हो ।

    दैलेख जिल्ला अदालत सूचना अधिकारी हरिप्रसाद उपाध्यायका अनुसार बालिकालाई बलात्कार गरेको आरोपमा रेग्मी २०७९ चैतमा पक्राउ परेका थिए ।

    उनले भने, ‘२०७९ साल चैतमा प्रहरीले प्रकाउ गरेको थियो। चैत २३ गते हस्पिटलबाट रिपोर्ट आउदा बालिकालाई बलात्कार गरेको पुष्टि भएको थियो ।

    त्यहीअनुसार रेग्मीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले २०८० वैशाख १४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी अभियोग दर्ता गरेको थियो ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij