काठमाडौं । बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितमान सिंह थापाविरुद्ध कीर्ते र ठगी गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धान हुने भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट बिहीबार नै अनुमति लिँदैछ ।
सीआईबीका एक अधिकारीका अनुसार उनीहरुलाई चिरायु अस्पतालमा स्वास्थ्य परीक्षण गराएर अदालत लैजाने तयारी छ ।