काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।
बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले 'महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आव २०७९/०८०' पेश गर्ने कार्यसुची रहेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले 'राजनीतिक दल सम्बन्धि (दोस्रो संसोधन) बिधेयक २०८० माथी विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आव २०८१ /०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।