काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले संसद् सचिवालयलाई पत्र पठाएर सम्बोधनबारे जानकारी दिएका छन् ।
प्रतिपक्षी दलले बालकुमारी घटनाको प्रतिवेदन, सहकारी-लघुवित्त-मिटरब्याजपीडितका समस्या र दुग्ध उत्पादक लगायतको आन्दोलनका विषयमा सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेका छन् ।
सभामुख देवराज घिमिरेको पटकपटकको रुलिङपछि प्रधानमन्त्रीले सांसदले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् ।प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।