काठमाडौं । नयाँ सत्तासमीकरणअनुसार आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरिने नेताहरूले बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नयाँ सरकार बनाउन लागिएको नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)लगायत दल सम्मिलित सरकार बनाउन लागिएको उनले जानकारी दिए ।
एमालेका प्रमुख सचेतक पदम गिरी आजै सरकारमा सहभागी हुने उनले बताए ।