शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

नयाँ गठबन्धन

बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी, मन्त्री नियुक्तिबारे छलफल


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/7092
    फागुन २१, २०८० सोमबार
    बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी, मन्त्री नियुक्तिबारे छलफल

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ ।

    बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् ।

    उनीहरुले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् ।

    प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेको जानकारी दिए ।

    उनका अनुसार प्रधानमन्त्री प्रचण्डले जसपासँग पनि मन्त्री बन्नेहरुको नाम मागिएको जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij