शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

नेप्से परिसूचक उच्च अंकले वृद्धि


  • 721
    SHARES
  • https://indrenipost.com/index.php/posts/7097
    फागुन २१, २०८० सोमबार
    नेप्से परिसूचक उच्च अंकले वृद्धि

    काठमाडौं । नेप्से परिसूचक ११७.७० अंकले वृद्धि भएको छ । सोमबार ११७.७० अंकले वृद्धि भएको सेयर बजार २०७८ विन्दुमा पुगेर बन्द भएको छ । 

    माओवादी–कांग्रेससहितको गठबन्धन भत्किएर माओवादी–एमाले सत्ता गठबन्धन बनेसँगै सोमबार सेयर बजारमा उछाल आएको हो । सोमबार ६ प्रतिशतले सेयर बजार बढेको हो ।

    सोमबार बजारमा दुईपटक सकारात्मक सर्किट लागेको थियो ।  यसदिन २३७ कम्पनीको ९ लाख ३४ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड २० लाख ९ हजार ९७८ रुपैयाँको कारोबार भएको छ ।

    यसदिन २३० कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij