शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

कांग्रेस संसदीय दलको बैठक बस्दै


  • 370
    SHARES
  • https://indrenipost.com/index.php/posts/7134
    फागुन २४, २०८० बिहीबार
    कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार बैठक बिहान ९ बजे बस्नेछ ।

    बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । सदनको अघिल्लो बैठकसम्म कांग्रेस सत्तासाझेदार दल थियो ।

    तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।

    उक्त निर्णयपछि सदनमा सशक्त प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ने, संसद् बैठकमा कसरी प्रस्तुत हुनेलगायत विषयमा रणनीति तय हुने खतिवडाले जानकारी दिए । संघीय संसद्को दुवै सदनको बैठक आजका लागि बोलाइएको छ ।

    यसअघि २१ फागुनलाई बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij