काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । सत्ता समिकरण फेरिएपछिको राजनीतिक समीक्षा गर्न एमालेले सचिवालय बैठक बोलाएको हो ।
बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सरकारमा सहभागी भएपछिको अवस्थामा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।
बैठकमा पार्टीले गरेको पछिल्लो निर्णयको समीक्षा तथा आगामी कार्ययोजनालगायतमा छलफल हुने बताइएको छ ।
पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा उठेका विषय नै छलफलका मुख्य एजेण्डा रहेको उपमहासचिव ज्ञवालीले बताए ।