काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । शुक्रबार दिउँसो तीन बजे सचिवालय बैठक बोलाइएको महासचिव घनश्याम भूसालले जानकारी दिए ।
उनका अनुसार पार्टीको पहिलो महाधिवेशनको तयारीका लागि सचिवालय बैठक बस्न लागेको हो ।
महाधिवेशनका लागि दस्तावेज तयार पार्न एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालसहित चार जना नेतालाई जिम्मा दिइसकेको छ ।