काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले नेकपा स्थापनाको ७५औँ वर्षगाँठ मनाउने गरी आउँदो ८ र ९ वैशाखमा महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाएको छ ।
सचिवालयको शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले पार्टी स्थापना दिवस मनाउने गरी परिषद् बैठक र अगुवा कार्यकर्तालाई काठमाडौं बोलाउने निर्णय गरेको हो ।
पार्टी स्थापनाको ७५औँ वर्षगाँठ मनाउने सन्दर्भमा देशभरबाट अगुवा कार्यकर्ता बोलाउने निर्णय गरिएको महासचिव शंकर पोखरेलले बताए ।
एमालेले १० वैशाख २०८१ मा ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५औँ पार्टी स्थापना वर्षगाँठ मनाउने निर्णय यसअघि नै गरिसकेको छ ।
एमालेको १०औँ महाधिवेशनमा झण्डै २२ सय महाधिवेशन प्रतिनिधि थिए ।