शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

लोसपा पदाधिकारी बैठक आह्वान, यस्ता छन् एजेन्डा


  • 451
    SHARES
  • https://indrenipost.com/index.php/posts/7153
    फागुन २५, २०८० शुक्रबार
    लोसपा पदाधिकारी बैठक आह्वान, यस्ता छन् एजेन्डा

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको छ । केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न सो पार्टीले पदाधिकारी बैठक बोलाएको हो ।

    लोसपाका महासचिव डा.सुरेन्द्र झाले महोत्तरीमा फागुन ३० गतेदेखि चैत २ गतेसम्म बस्ने केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको बताए ।

    बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भातृ संगठन, राजनीतिक दस्तावेजलगायतका विषयमा छलफल गर्ने जनाइएको छ । पार्टीको संगठन सुदृढीकरण, विधान संशोधन, राजनीतिक दस्तावेज लगायतका विषयमा प्रतिवेदन लेख्न यसअघि नै लोसपाले कार्यदल गठन गरेको थियो ।

    ती कार्यदलले आ–आफ्नो प्रतिवेदन तयारी गरिसकेका छन् । पदाधिकारी बैठकमा ती प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij