शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

थप २ हजार ६७४ जनालाई सहिद घोषणा


  • 379
    SHARES
  • https://indrenipost.com/index.php/posts/7154
    फागुन २५, २०८० शुक्रबार
    थप २ हजार ६७४ जनालाई सहिद घोषणा

    काठमाडौं । सरकारले थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ । सरकारले गरेको घोषणाको निर्णय अनुसार थप सहिदहरुको सूची राजपत्रमा प्रकाशित भएको छ ।

    २४ पुसको मन्त्रिपरिषद बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी रहेका २ हजार ६७४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।

    सोही दिनमा विभिन्न मितिमा सहिद घोषणा भई विवरण अपूर्ण भएका कारण राजपत्रमा प्रकाशन हुन बाँकी २५९ जनाको सहिदहरूको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि भएको थियो ।

    विभिन्न मितिमा सहिद घोषणा भएका १०१२ जना सहिदहरूको विवरण संशोधन गर्ने निर्णय पनि भएको थियो । सोही दिनमा विभिन्न मितिमा सहिद घोषणा भएका १५२ जना सहिदहरूको विवरण संशोधन गर्ने निर्णय पनि भएको मन्त्रिपरिषदले गरेको थियो ।

    राजपत्रमा प्रकाशन हुन बाँकी ३ जनाको सहिदहरूको विवरण राजपत्रमा प्रकाशन गर्ने र विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी अरु ७५ जनालाई सहिद घोषणा गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको निर्णय विवरणमा उल्लेख छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij