शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

अर्थतन्त्र

केन्द्रीय बैंकले आठ अर्बको विकास ऋणपत्र बिक्री गर्दै


  • 559
    SHARES
  • https://indrenipost.com/index.php/posts/7155
    फागुन २५, २०८० शुक्रबार
    केन्द्रीय बैंकले आठ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ ।

    कूल रु आठ अर्ब बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ ।

    बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् ।

    यही फागुन २९ गते अपरान्ह बोलकबोल हुने छ । ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा ब्याजकर समेत लाग्नेछ ।

    ऋणपत्र घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न सकिनेछ ।

    इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij