शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

राष्ट्रियसभा अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता


  • 388
    SHARES
  • https://indrenipost.com/index.php/posts/7164
    फागुन २६, २०८० शनिबार
    राष्ट्रियसभा अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता

    काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता हुने भएको छ ।

    उपाध्यक्ष, दलका नेता तथा प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफलपछि उम्मेदवारी दर्ताको मिति फागुन २८ गते तय भएको हो ।

    दलका नेता तथा प्रमुख सचेतक र समितिका सदस्यसँगको छलफलमा पूर्वनिर्धारित फागुन २९ गते नै अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

    उनका अनुसार आइतबार बस्ने राष्ट्रिय सभाको बैठकबाट उम्मेदवारी दर्ता तथा मतदान कार्यक्रमसहितको निर्वाचन कार्यक्रम घोषणा हुने छ ।

    फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल सम्पन्न भएको थियो । रिक्त भएका २० मध्ये १९ सदस्य निर्वाचित भई शपथग्रहण गर्दै नियमित कामकारबाहीमा सहभागी भइसकेका छन् ।

    २० मध्ये राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सकिएको थियो । त्यसैले नयाँ अध्यक्षका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउन लागिएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij