शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने


  • 397
    SHARES
  • https://indrenipost.com/index.php/posts/7169
    फागुन २६, २०८० शनिबार
    कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उमेदवारी दिने निर्णय गरेको हो ।

    विपक्षमा रहेका दललाई कांग्रेसलाई सहयोग गर्न आग्रह गर्ने निर्णय पनि बैठकले गरेको कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए । कसलाई उमेदवार बनाउने त्यो भने निर्णय गर्न बाँकी रहेको उनले जानकारी दिए ।

    यसका लागि भोलिबाट छलफल सुरु गर्ने उनको भनाइ छ । यही फागुन २९ गतेका लागि राष्ट्रियसभा अध्यक्षको निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij