शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

संसद्को सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसले दाबी


  • 433
    SHARES
  • https://indrenipost.com/index.php/posts/7172
    फागुन २६, २०८० शनिबार
    संसद्को सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसले दाबी

    काठमाडौँ । संसदमा प्रमुख प्रतिपक्षी दल बनेसँगै नेपाली कांग्रेसले संसद्को सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने भएको छ ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो समितिको नेतृत्वमा कांग्रेसले दाबी गर्ने जानकारी दिए ।

    संघीय संसद्का १६ वटा विषयगत समितिमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिने गरिएको सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिने प्रचलन रही आएको छ ।

    माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन सरकार रहेका बेला प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमाले सो समितिको नेतृत्व पाएको थियो ।

    एमाले सांसद ऋषिकेश पोखरेल हाल यो समितिका सभापति रहेका छन् । सार्वजनिक निकायका आर्थिक क्रियाकलाप, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरू यो समितिको कार्यक्षेत्र रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij