काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
प्रचण्ड सरकारमा सहभागी भएको रास्वपाले सरकार, इलाम-२ को उपचुनावलगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।
अहिले रास्वपा माओवादी, एमालेलगायतको गठबन्धन सरकारमा सहभागी भएकाले इलाम -२ को उपचुनावबारे के निर्णय लिन्छ भन्ने चासोका साथ हेरिएको छ ।
रास्वपाबाट पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, डीपी अर्याल श्रममन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री बनेका छन् ।