काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको ९ औँ बैठकले सो निर्णय गरेको सांसद हितराज पाण्डेले जानकारी दिए।
त्यस्तै, राष्ट्रियसभा अध्यक्षको निर्वाचनका बेलामा पनि अनिवार्य उपस्थित हुन पनि निर्देशन जारी भएको छ।