काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन ३० गतेभित्रै विश्वासको मत लिने तयारी गरेका छन् ।
यसबारे प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो बसेको पार्टीको संसदीय दलको बैठकमा छलफल गरेका छन् ।
बैठकमा सहभागी एक सांसदका अनुसार, फागुन ३० भित्रै संसद्बाट प्रधानमन्त्रीले विश्वासको मत लिनेगरी मोटामोटी छलफल भएको छ ।
सोही अनुसार सांसदहरूलाई केही दिन उपत्यका छाडेर नजान ह्वीप जारी गरिएको हो ।
संसदको आगामी बैठक फागुन ३० गतेका लागि बोलाइएको छ ।